Logo

बुधवार, कार्तिक १२ गते २०८३

टप एन्ड टी–ट्वान्टी श्रृङ्खलाः नेपालले ब्याटिङ गर्दै

टप एन्ड टी–ट्वान्टी श्रृङ्खलाः नेपालले ब्याटिङ गर्दै

  • समाचार
  • भाद्र ३, २०८२ मंगलवार १५:४३ बजे
  • 334
    SHARES
  • टप एन्ड टी–ट्वान्टी श्रृङ्खलाः नेपालले ब्याटिङ गर्दै

    काठमाडौँ, ३ भदौः अस्ट्रेलियामा जारी टप एन्ड टी–२० श्रृङ्खलाअन्तर्गत नेपालले आफ्नो चौथो खेलमा होबर्ट हुरिकेन्सविरुद्ध ब्याटिङ गरिरहेको छ ।

    अस्ट्रेलियाको काजालिस एरिना पामस्र्टनमा रङ्गशालामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

    नेपाल यसअघि खेलेका तीनवटै खेलमा पराजित भएको थियो ।

    नेपाल नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रन, बङ्गलादेश ‘ए’सँग ३२ रन तथा मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको हो ।

    होबर्ट हुरिकेन्स भने दोस्रो जितको खोजीमा छ ।

    उसले यसअघि अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई सात विकेटले हराएको थियो भने मलेबर्न स्टार्स एकेडेमीसँग ६ विकेट तथा नर्दर्न टेरिटोरीसँग दुई विकेटले पराजित भएको थियो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend