Logo

बुधवार, कार्तिक १२ गते २०८३

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

  • समाचार
  • भाद्र ३, २०८२ मंगलवार १५:३८ बजे
  • 277
    SHARES
  • सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    काठमाडौँ, ३ भदौः स्थानीय बजारमा सोमबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९५ हजार १०० निर्धारण भएको छ ।

    त्यति नै परिमाणको चाँदी रु दुई हजार ३०० मा खरिदबिक्री भइरहेको छ ।

    सोमबार एक तोला सुन रु एक लाख ९६ हजार ३०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ३१५ मा क्रयविक्रय भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend