सार्वजनिक यातायातमा विद्यार्थीहरूले ४५ प्रतिशत छुट पाउँदै आएका छन्। कतिपय गाडीहरूले छुट नदिने गरेको भन्ने गुनासो आएपछि अनेरास्ववियुले बालाजु, रत्नपार्क लगायतका क्षेत्रमा चल्ने सार्वजनिक यातायातहरूमा अनुगमन गरेको छ।
अनुगमनमा कतिपय विद्यार्थीहरूले नक्कली परिचयपत्र देखाउने गरेको गुनासाहरू गाडीवालाले गरेका थिए।
गाडीहरूले समेत छुट नदिने गरेको यात्रुहरूबाट आएपछि उनीहरूको समेत ध्यानाकर्षण गराइ अबदेखि अनेरास्ववियुले नियमित रूपमा सार्वजनिक यातायातको अनुगमन गरिने अनेरास्ववियु अमृत साइन्स क्याम्पसका अध्यक्ष रूद्रहरी पोखरेलले जानकारी दिए।
श्रोत, रातोपाटी