Logo

मंगलवार, कार्तिक ११ गते २०८३

चितवनको शक्तिखोर औद्योगिक ग्राम छिट्टै सम्पन्न गर्छौं : प्रधानमन्त्री प्रचण्ड

चितवनको शक्तिखोर औद्योगिक ग्राम छिट्टै सम्पन्न गर्छौं : प्रधानमन्त्री प्रचण्ड

  • समाचार
  • बैशाख ७, २०८० बिहिवार १९:३९ बजे
  • 499
    SHARES
  • चितवनको निर्वाचन क्षेत्र नं.२ को चुनावी सभामा सत्ता गठबन्धनका उम्मेदवार जीतनारायण श्रेष्ठलाई विजयी गराउन अपिल गर्दै  प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले चितवनको शक्तिखोरको औद्योगिक ग्राम निर्माणको काम छिट्टै सम्पन्न गरिने बताएका छन् ।  

     

    प्रधानमन्त्रीले भने, 'अघिल्लो पटक म प्रधानमन्त्री हुँदा नै यो योजना अगाडि बढाएको थिएँ। संयोगले यसपटक पनि म नै प्रधानमन्त्री छु। यो कार्यकालमा औद्योगिक ग्राम निर्माणको काम सम्पन्न गर्छौं। यसका साथै चितवनको विकासका लागि रणनीतिक महत्त्वका योजनाहरू अगाडि बढाउँछौं।'

     

    यस्तै पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवन-२ को विकासका निम्ति जीतनारायण श्रेष्ठ सबैभन्दा योग्य उम्मेदवार भएको भन्दै अत्यधिक मतले विजयी गराउन चितवनवासीलाई अपिल गरे।

     

    श्रोत, रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend