Logo

बुधवार, कार्तिक १२ गते २०८३

भारतीय विदेशसचिव मिस्री काठमाडौँमा

भारतीय विदेशसचिव मिस्री काठमाडौँमा

  • समाचार
  • भाद्र १, २०८२ आइतवार ११:३४ बजे
  • 280
    SHARES
  • भारतीय विदेशसचिव मिस्री काठमाडौँमा

    काठमाडौँ, १ भदौ : परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतीय विदेशसचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको छ ।

    भ्रमणका क्रममा आजै दुई परराष्ट्र सचिवहरूले कनेक्टिभिटी, विकास सहयोग र आपसी हितका अन्य विषयमा केन्द्रित रही नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल गर्नुहुने मन्त्रालयले जनाएको छ ।

    विदेशसचिव मिस्रीले भ्रमणका क्रममा नेपालका उच्चपदस्थ व्यक्तित्वहरूसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

    उहाँ भ्रमण सम्पन्न गरी भोलि भदौ २ गते काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम छ ।

    भारत र नेपालबीच सदैव बलियो र मैत्रीपूर्ण परराष्ट्र सम्बन्ध रहिआएको छ ।

    विदेशसचिव मिस्रीको यो भ्रमणले दुई देशबीच रहिआएको पारस्परिक सम्बन्धलाई अझ प्रगाढ,घनिष्ट र मैत्रीपूर्ण बनाउन सहयोग पुग्ने बताइएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend