Logo

बुधवार, कार्तिक १२ गते २०८३

१५ लाख २३ हजार बोरा रासायनिक मल कोलकत्ता बन्दरगाहबाट धमाधम नेपाल भित्रिँदै छ : साल्ट ट्रेडिङ कर्पाेरेशन

१५ लाख २३ हजार बोरा रासायनिक मल कोलकत्ता बन्दरगाहबाट धमाधम नेपाल भित्रिँदै छ : साल्ट ट्रेडिङ कर्पाेरेशन

  • समाचार
  • श्रावण ३२, २०८२ शनिवार १०:३२ बजे
  • 784
    SHARES
  • १५ लाख २३ हजार बोरा रासायनिक मल कोलकत्ता बन्दरगाहबाट धमाधम नेपाल भित्रिँदै छ : साल्ट ट्रेडिङ कर्पाेरेशन

    काठमाडौँ, ३१ साउन : साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले १५ लाख २३ हजार बोरा रासायनिक मल भारतको कोलकत्ता बन्दरगाहमा प्राप्त भइसकेको र ती मल धमाधम नेपालस्थित कर्पाेरेशनका गोदममा ल्याउनेक्रम जारी रहेको जनाएको छ ।

    कर्पाेरेशनले हालै मात्र चारलाख ४० हजार बोरा युरिया र दशलाख ८३ हजार बोरा डिएपी गरी कूल १५ लाख २३ हजार बोरा रासायनिक मल आयात गरेको थियो । गोदममा आइरहेका उक्त मल कोटा वितरणका लागि प्रदेश सरकारलाई पत्राचार गरिसकेको र प्रदेश सरकारहरूद्वारा पालिकालाई कोटा वितरण भइसकेको भन्ने जानकारी कर्पाेरेशनलाई प्राप्त भएको पनि सस्थाले स्पष्ट पारेको छ ।

    रासायनिक मलको पछिल्लो अवस्थाका बारेमा कर्पाेरेशनद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, “कर्पाेरेशनको मल बिक्रेताका रूपमा दर्ता भएका सम्पूर्ण डिलरहरूलाई आफ्नो पालिका तथा कर्पाेरेशनको सम्बन्धित कार्यालयसँग समन्वय गरी कोटाअनुसारको मल बिक्री वितरण गर्न अनुरोध गरिन्छ ।”

    हाल बजारमा रासायनिक मलको अभाव भएको भनी विभिन्न सञ्चारमाध्यम एवम् सामाजिक सञ्चालमा समाचार तथा पोष्ट भइरहेकामा कर्पाेरेशनले विज्ञप्तिमार्फत आफ्नो ध्यानाकर्षणसमेत भएको जनाएको छ । 

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend