Logo

बुधवार, कार्तिक १२ गते २०८३

ज्ञवालीको ‘क्षितिजः आमा र धरती’ सार्वजनिक

ज्ञवालीको ‘क्षितिजः आमा र धरती’ सार्वजनिक

  • समाचार
  • श्रावण १८, २०८२ शनिवार २१:४६ बजे
  • 988
    SHARES
  • ज्ञवालीको ‘क्षितिजः आमा र धरती’ सार्वजनिक

    काठमाडौं, १७ साउनः सरस्वती ज्ञवालीको संस्मरण ‘क्षितिजः आमा र धरती’ सार्वजनिक गरिएको छ ।

    काठमाडौँमा आज आयोजित एक समारोहका बीचमा उक्त कृति सार्वजनिक गरिएको हो ।

    साङ्ग्रिला बुक्सले प्रकाशन गरेको कृतिमा लेखक ज्ञवालीले जन्मँदै अपाङ्गता भएकी छोरीसँगको ३७ वर्षे अनुभूतिलाई अभिव्यक्त गर्नुभएको छ ।

    कृति सार्वजनिकीकरण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एवम् प्रथम महिला राधिका शाक्यले राजनीतिक परिवारमा महिलाको भोगाइ बाहिर देखेको भन्दा फरक हुने बताउनुभयो ।

    कृतिको समीक्षा गर्दै समालोचक डा विन्दु शर्माले अपाङ्गता भएकी छोरीको हेरचाहमा रमाउँदा ज्ञवालीले अनुभूत गर्नुभएको भावनात्मक लेखनले आमपाठकलाई भावुक बनाएको बताउनुभयो ।

    लेखक ज्ञवालीले अपाङ्गता भएकी छोरीको हेरचाह गरेर भातभान्सा गर्दा बेसार लागेका हातले आफ्नो भोगाइलाई लेखनमा प्रस्तुत गरेको बताउनुभयो ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवाली पत्नी लेखक सरस्वतीका यसअघि कविता र संस्मरणसहित दुई कृति प्रकाशित छन् । 

     

    • R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend