Logo

बुधवार, कार्तिक १२ गते २०८३

सुनकोसी नदी आसपास क्षेत्र र वीपी राजमार्गमा सतर्कता अपनाउन आग्रह

सुनकोसी नदी आसपास क्षेत्र र वीपी राजमार्गमा सतर्कता अपनाउन आग्रह

  • समाचार
  • श्रावण ४, २०८२ शनिवार २१:३६ बजे
  • 535
    SHARES
  • सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले शनिबार रातिदेखि सोमबारसम्म सुनकोसी नदी आसपास क्षेत्रमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले शनिबार एक सूचना जारी गर्दै सर्तकर्ता अपनाउन आग्रह गरेको हो ।

    सूचनामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबारदेखि सोमबारसम्म अत्यधिक वर्षा हुनसक्ने सम्भावना रहेको जनाएको बताउँदै सुनकोसी नदी लगायतका नदी, किनार र आसपासका क्षेत्रहरूमा जोखिम हुनसक्ने देखिएकोले नदी आसपासका बासिन्दा र वीपी राजमार्ग तथा मध्यपहाडी राजमार्गमा सवारी साधन चलाउँदा समेत सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    साथै ट्राफिक प्रहरी र सुरक्षा निकायको निर्देशन पालना गर्न समेत सूचनामा आग्रह गरिएको छ ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend