Logo

बुधवार, कार्तिक १२ गते २०८३

एउटै फार्मबाट एकै सिजनमा नौ हजार कफीका बिरुवा बिक्री

एउटै फार्मबाट एकै सिजनमा नौ हजार कफीका बिरुवा बिक्री

  • समाचार
  • श्रावण २, २०८२ बिहिवार २०:५७ बजे
  • 997
    SHARES
  • पाल्पा । यहाँको रामपुर नगरपालिका वडा नम्बर ५ स्थित भम्बकका प्रेमबहादुर सिंह ठकुरीले एकै सिजनमा नौ हजार कफीका बिरुवा उत्पादन गरी बिक्री गरेका छन् ।

    उनले गत वर्ष करिब ६ हजार बराबरको बिरुवा बिक्री गरेका थिए । यो क्षेत्रमा फागुनदेखि असारसम्म कफीका बिरुवा रोप्ने गरिन्छ ।

    ठकुरीले विगत तीन वर्षदेखि अरबिका जातको बिरुवा उत्पादन गरिरहनुभएको छ । प्रति बिरुवा रु ४० का दरले फार्मबाटै धमाधम बिक्री भइरहेको उनले बताए । नर्सरीमा दुई हजार ५०० बिरुवा बिक्री गर्न बाँकी रहेको उनले जानकारी दिए ।

    यहाँ उत्पादन भएका बिरुवा पाल्पा, स्याङ्जा, पर्वतलगायतका जिल्लामा खपत हुने गरेको छ । बिरुवा राखेको १४ महिनामा लगाउन योग्य हुने गर्छ । ठकुरीले आफ्नै घरमा अर्गानिक चिया तथा कफी उद्योग समेत सञ्चालन गर्दै आएका छन् ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend