Logo

बुधवार, कार्तिक १२ गते २०८३

माओवादीले बोलायो स्थायी समिति बैठक

माओवादीले बोलायो स्थायी समिति बैठक

  • समाचार
  • आषाढ २६, २०८२ बिहिवार २२:२७ बजे
  • 544
    SHARES
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ ।

    केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको पदाधिकारी बैठकले साउनको पहिलो हप्ता स्थायी समिति बैठक बोलाएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

    यस्तै आजको बैठकले विपद् व्यवस्थापनमा एकजुट भएर लाग्ने निर्णय गरेको छ ।

    साउन ७ गते पर्ने नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवस औपचारिक रूपले मनाउने निर्णय गरेको छ । औपचारिक निर्णय गरेर मनाउने ।

    प्यालेस्टाइन र इरानमाथि ज्यादतिविरुद्ध शुक्रबार १२ राजनीतिक दलले गर्ने विरोध सभामा सचिव लिलामणि पोखरेललाई वक्ताको रूपमा पठाउने निर्णय भएको पौडेलले बताए ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend