Logo

बुधवार, कार्तिक १२ गते २०८३

नेकपा एकीकृत समाजवादीले भन्यो– जथाभावी नलेख्नुस्, नबोल्नुस्

नेकपा एकीकृत समाजवादीले भन्यो– जथाभावी नलेख्नुस्, नबोल्नुस्

  • समाचार
  • आषाढ १५, २०८२ आइतवार १९:३३ बजे
  • 922
    SHARES
  • काठमाडौँ । एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि चलिरहेको मुद्दाबारे जथाभावी नबोल्न नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

    महासचिव घनश्याम भुसालले आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालमाथिको मुद्दामा पार्टीको धारणा भन्दा फरक नबोल्न निर्देशन दिएका हुन् ।

    अध्यक्ष नेपालविरुद्ध नेतृ रामकुमरी झाँक्रीले सामाजिक सञ्जालमा अभिव्यक्ति दिएपछि पार्टीले विज्ञप्ति जारी गर्दै जथाभावी नलेख्न र नबाेल्न निर्देशन दिएको हो ।

    नेपाल विरुद्ध अख्तिायर दुरुपयोग अनुसन्धान आयागले विशेष अदालतमा पतञ्जली प्रकरणमा मुद्धा दायर गरेको थियो । अदालतले नेपाललाई ३५ लाख धरौटीमा रिहा समेत गरिसकेको छ ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend