Logo

बुधवार, कार्तिक १२ गते २०८३

बन्दको समयमा राइडरहरूको मनमौजी : २७८ राइडर कारबाहीमा

बन्दको समयमा राइडरहरूको मनमौजी : २७८ राइडर कारबाहीमा

  • समाचार
  • जेठ २०, २०८२ सोमवार २१:१८ बजे
  • 1.0K
    SHARES
  • काठमाडौँ । गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङ नियमावलीको विरोधमा सोमबार उपत्यका बन्द गरियो ।

    यातायात व्यवसायीहरूले सवारीसाधन ग्यारेजमै थन्क्याएर गण्डकी प्रदेशको नियमावली विरुद्ध असहमति जनाउँदै साङ्केतिक विरोध गरे । यसरी सोमबार सार्वजनिक यातायात बन्द भएपछि सर्वसाधारण भने मर्कामा परेका छन् ।

    सार्वजनिक यातायात बन्दको मौका पारेर यता राइडरहरुले भने मनलाग्दी भाडा लिएका छन् । विभिन्न राइड सेयरिङ एप मार्फत राइडहरहरुले सर्वसाधारणबाट मंहगो भाडा लिएका छन् ।

    यसरी मंहगो भाडा लिने २ सय ७८ जना राइडहरहरुलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend