Logo

बुधवार, कार्तिक १२ गते २०८३

रुस र युक्रेनबिच युद्धबन्दी रिहा गर्ने सहमति

रुस र युक्रेनबिच युद्धबन्दी रिहा गर्ने सहमति

  • समाचार
  • जेठ ३, २०८२ शुक्रवार २१:०१ बजे
  • 319
    SHARES
  • काठमाडाैँ । रुस र युक्रेनबिच युद्धबन्दी रिहा गर्नेबारे सहमति भएको छ । टर्कीको इस्तानबुलमा दुई पक्षबिच भएको छलफलमा यस्तो सहमति भएको हो । बैठकपछि युक्रेनका रक्षामन्त्री रुस्तम उमेरोभले जनाए अनुसार दुवै मुलुकले यो सहमति अनुसार एक–एक हजार युद्धबन्दीलाई रिहा गर्ने छन् ।

    उनले भने, ‘हामीले युद्धविराम र बन्दीहरूको अदलाबदलीको मुद्दामा छलफल गर्‍यौँ । एक हजार बन्दीको रिहाइमा सहमति जुटेको छ ।’वार्तामा रुसी प्रतिनिधिमण्डलको नेतृत्व गरेका भ्लादिमिर मेन्डिस्कीले पनि कैदीको अदलाबदलीमा सहमति जुटेको पुष्टि गरे ।

    उनले भने, ‘युक्रेनी पक्षले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबिच सोझै छलफल होस् भन्ने अनुरोध गरेको छ ।’ दुवै पक्षले युद्धबन्दी रिहा गर्ने मिति सुनिश्चित गरिसकेको तर त्यसलाई सार्वजनिक भने नगरिएको सञ्चारमाध्यमहरूले जनाएका छन् । 


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend