Logo

बुधवार, कार्तिक १२ गते २०८३

प्रधानमन्त्रीले आफैँले आफैँलाई ढाँट्नुभयो : राजकिशोर यादव

प्रधानमन्त्रीले आफैँले आफैँलाई ढाँट्नुभयो : राजकिशोर यादव

  • समाचार
  • माघ १८, २०८१ शुक्रवार १८:१९ बजे
  • 520
    SHARES
  • काठमाडौँ । जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादवले प्रधानमन्त्रीले आफू भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने भनेर भन्ने गरे पनि नेपाल कसरी भ्रष्टाचारको सूचिमा पर्‍यो भन्दै प्रश्न गरेका छन् ।

    शुक्रबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै यादवले भने, ‘ट्रान्सपरेन्सी इन्टरनेशनले किन नेपाललाई भ्रष्टाचारको १०८ औ सूचिमा राख्यो । यो गलत हो भने कारबाही गर्न निर्णय गनुपर्यो ।’

    उनले कांग्रेस र एमाले पहिलो र दोस्रो दल मिलेर सरकार बन्नु संसदीय अभ्यासको हिसाबले पनि असामान्य रहेको बताए ।

    ‘त्यसैले प्रधानमन्त्रीले नियमित कामलाई देखाएर आफैँले आफैँलाई ढाँट्नु हो । उहाँले श्वेतपत्र जारी गर्न सक्नुपर्थ्यो । नेपालको सुशासन, मानवअधिकार र आर्थिक अवस्था यस्तो छ र हाम्रो सरकारले यति गर्छु र गर्न सकेन भनेर आगामी चुनावमा लड्दिन भनेर’, उनले भने, ‘सम्माननीय ज्यु त्यसो भए नेपाल किन ग्रे लिस्टमा पर्‍यो ?’


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend