Logo

बुधवार, कार्तिक १२ गते २०८३

गाजामा युद्धविराम सम्झौताको नेपालद्वारा स्वागत

गाजामा युद्धविराम सम्झौताको नेपालद्वारा स्वागत

  • समाचार
  • माघ ४, २०८१ शुक्रवार २२:४५ बजे
  • 415
    SHARES
  • काठमाडौँ । गाजापट्टीमा युद्ध विरामसम्बन्धी सम्झौताको नेपाल सरकारले स्वागत गरेको छ ।

    परराष्ट्र मन्त्रालयले शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै ‘गाजामा बन्धकहरूको रिहाइ र युद्धविराम सम्झौता’को स्वागत गरेको हो ।

    मन्त्रालयले अक्टोबर ७, २०२३ देविज्ञप्तिमाखि मध्यपूर्वमा भइरहेका घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेको पनि जनाएको छ ।

    ‘हामी हालैको युद्धविराम सम्झौतासम्बन्धी घोषणाको स्वागत गर्दछौँ । हामी आशा गर्छौं कि यसले गाजाका जनतालाई मानवीय सहायताको निर्बाध आपूर्ति सुनिश्चित गर्दै सम्बन्धित पक्षहरूलाई दिगो शान्ति र स्थायित्वको बाटोमा डोऱ्याउनेछ’, विज्ञप्तिमा भनिएको छ ।

    विज्ञप्तिमा नेपाल सरकारले नेपाली नागरिक विपिन जोशीसहित सबै बन्धकहरूको रिहाइको लागि निरन्तर आग्रह गर्दै आएको उल्लेखसहित मन्त्रालयले अहिलेको महत्त्वपूर्ण सम्झौता गराउन मध्यस्थतामा संलग्न सबैको प्रयासप्रति आभार प्रकट गरेको छ ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend