Logo

बुधवार, कार्तिक १२ गते २०८३

बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मतमा तत्काल ध्यान दिन सरकारलाई प्रचण्डको आग्रह 

बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मतमा तत्काल ध्यान दिन सरकारलाई प्रचण्डको आग्रह 

  • समाचार
  • पौष २९, २०८१ सोमवार १९:२९ बजे
  • 475
    SHARES
  • सिन्धुपाल्चोक, २९ पुष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरोबाट क्षतिग्रस्त सडकको तत्काल मर्मत गरी सहजरुपले सञ्चालन गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभएको छ।

    उहाँले सिन्धुपाल्चोकको सुकुटेमा पार्टीका नेता नेता कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण लगायतका विषयमा जानकारी लिएपछि भौतिक योजना मन्त्रालयका सचिवलाई फोन गरेर यस्तो आग्रह गर्नुभएको हो।

    उहाँले तत्काल सरकारले मर्मतमा मात्रै ध्यान दिदा पनि आवागमन सहज हुने अवस्था रहेकाले तत्काल मर्मत कार्य अघि बढाएर पुनर्निर्माणलाई गति दिन आग्रह गर्नुभयो । काठमाडौ-सिन्धुपाल्चोक खण्डमा दुई वटा बेलीबृज बनाउने र पहिरो गएको खण्डमा राम्रोसँग मर्मत गर्ने हो भने आवागमन सहज हुने अवस्था रहेको उहाले बताउनुभयो ।

    यसपटकको बाढीपहिरोले काठमाडौ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक लगायतका जिल्लामा ठूलो क्षति पुर्याएको थियो । प्रकोप लगत्तै अध्यक्ष प्रचण्डले प्रभावितस्थलको निरीक्षण गर्नुका साथै प्रभावितस्थलमा उद्दार, राहत र पुनर्स्थापनामा नेता कार्यकर्ता परिचालन गरेर विपत व्यवस्थापनको पहल लिनुभएको थियो ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend