Logo

बुधवार, कार्तिक १२ गते २०८३

निकोलस भुसालविरुद्ध म्याद थप गर्न अदालतद्वारा अस्वीकार

निकोलस भुसालविरुद्ध म्याद थप गर्न अदालतद्वारा अस्वीकार

  • समाचार
  • पौष ८, २०८१ सोमवार २३:३२ बजे
  • 577
    SHARES
  • काठमाडौँ । कास्की जिल्ला अदालतले अभियन्ता निकोलस भुसालविरुद्ध म्याद थप गर्न अस्वीकार गरेको छ ।

     

    कास्की प्रहरीले उनलाई म्याद थपका लागि सोमबार अदालतमा उपस्थित गराए पनि न्यायाधीश नवराज दाहालको इजलासले म्याद थप गर्न अस्वीकार गरेको हो ।  अदालतले हिरासत बाहिरै राखेर उनीमाथि अनुसन्धान गर्न आदेश दिएसँगै भुसाललाई छाडिएको कास्की प्रहरीका एक अधिकृतले जानकारी दिए ।

     

    रास्वपाका सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गरेको आरोपमा उनी आइतबार काठमाडौँबाट पक्राउ परेका थिए । काठमाडौँबाट उनलाई सोमबार पोखरा लगिएको थियो ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend