Logo

बुधवार, कार्तिक १२ गते २०८३

बैदेशिक राेजगारीबाट फर्किएर आएकाहरुले मुलक बनाउने हाे - मन्त्री भण्डारी 

बैदेशिक राेजगारीबाट फर्किएर आएकाहरुले मुलक बनाउने हाे - मन्त्री भण्डारी 

  • समाचार
  • पौष ४, २०८१ बिहिवार २२:५४ बजे
  • 523
    SHARES
  • ललितपुर/ ४ पुस: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले बैदेशिक राेजगारीबाट फर्किएर आएकाहरुले मुलक बनाउने हाे भन्ने बताउनुभएको छ ।

    अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२४ का अवसरमा पौरखी नेपाल र राष्ट्रिय महिला आयोगको संयुक्त आयोजनामा आज ललितपुरमा भएको श्रमिकहरुको सुनुवाई कार्यक्रममा मन्तव्य राख्नुहुँदै मन्त्री भण्डारीले विदेशबाट फर्केका श्रमिकहरुले काम गर्ने संस्कारसंगै केही न केही पूँजी लिएर आएका हुन्छन् भन्दै त्यसलाई उपयाेग गर्न सक्नुपर्नेमा जाेड दिनुभयो ।

    "वैदेशिक राेजगारमा जाँदा उनीहरुले केही न केही ज्ञान, सीप, संस्कार र लगनशीलता सिकेर आएका हुन्छन्, श्रम र समयकाे मुल्य बुझेर आएका हुन्छ, उनीहरुमा भएको सीप, क्षमता दक्षतालाई प्रयाेगमा ल्याउनु राज्यको चुनाैती हाे, यसलाई मुलुककाे समस्टिगत समृद्धिमा कसरी जाेड्ने भन्ने कुरालाई ध्यान दिएर प्रविधिको प्रयाेग गर्दै हामीले केही गर्ने खाेजिरहेका छाैं।" उहाँले भन्नुभयो ।

    मन्त्री भण्डारीले अवकाे समयमा बैदेशिक राेजगारमा जान चाहनेहरुलाई भाषा, सीप र ज्ञान सिकेर जाने अवस्था सृजना गर्नुपर्छ भन्नेमा जाेड दिनुभयो ।

    "सीप सिकेर मात्रै बैदेशिक राेजगारमा जाने वातावरण तयार गर्नु आजकाे अनिवार्य सर्त हाे, अहिलेकाे परिवर्तित सन्दर्भमा घरेलु कामदार र महिला कामदारलाई नकारात्मक कुरालाई उछालेर अफवाह फैल्याइनु हुँदैन, केही एकाध घटनालाई लिएर इमानदारीपूर्वक काम गर्नेलाई असर पर्ने गरी नकारात्मक ढंगले हेरिनु हुँदैन, हरेक समस्या समाधानमा कठाेर भएर निर्णय गरिनुपर्छ ।" मन्त्री भण्डारीले भन्नुभयो ।

    उहाँले नेपालीहरु विविध कारणले बैदेशिक राेजगारमा जानुपरेको भन्दै उनीहरूलाई सम्मानित हुने वातावरण तयार गर्नुपर्नेमा ध्यानाकृष्ट गराउनुभयाे ।

    मन्त्री भण्डारीले प्रत्येक पालिकामा राेजगार सेवा केन्द्र स्थापना गरेका छाैं, हरेक प्रदेशमा डिजिटल पाेर्टल बनाउँदै छाैं भन्ने जानकारी गराउनुभयाे ।

    "राेजगारदाता, तालिक केन्द र वित्तीय क्षेत्रलाई एकै ठाउँमा जाेड्ने प्रयत्न गरेका छाैं, विदेशमा सिकेर आएकाे सीप र व्यवहारिक ज्ञानलाई प्रमाणित गरेर वित्तीय संस्थासंग जाेड्दै उद्यमशील बनाउने अभियानमा लागेका छाैं।" उहाँले भन्नुभयो ।

    उहाँले अहिले नेपालमा राज्यले दिएकाे अनुदान सुविधालाई दुरुपयोग गर्ने हाेडवाजी चलेको छ भन्नुहुँदै बस्तविक लाभग्राहीले सुविधा पाउन नसक्नेलाई राेक्नुपर्छ भन्नेमा जाेड दिनुभयो ।

    राष्ट्रिय महिला आयाेगका अध्यक्ष कमलाकुमारी पराजुलीले वैदेशिक राेजगार बाध्यता र परिस्थितिजन्य अवस्थाकाे आवश्यक भएको बताउनुभयो । उहाँले बैदेशिक राेजगारमा जाने घरेलुु श्रमिक महिलाहरुलाई सहज बाटाेबाट जाने व्यवस्था नगरिदिंदा अवैधानिक र असहज परिस्थितिहरु आएकाे बताउनुभयो । उहाँले बैदेशिक राेजगारमा जाँदा स्थानीय तहकाे सिफारिस गर्ने व्यवस्था गर्ने हाे भने नियमनका लागि सजिलाे हुने सुल्झाउनुभयो । पराजुलीले कामलाई घृणा गर्ने भन्दा पनि सम्मान गर्नुपर्छ भन्दै गृहश्रमिकहरुलाई पनि सामाजिक सुरक्षामा जाेड्नु पर्छ भन्नुभयो ।

    सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष चिरञ्जीवी बरालले बैदेशिक राेजगारबाट फर्किएकाहरुलाई नेपालम मेहनत प्रतिफल पाउन र लागत उठाउन समस्या भएको जानकारी गराउनुभयाे। उहाँले व्यवसाय दर्ता गरेर नियमसंगत काम गर्दा पनि प्राविधिक सहयाेग, बजार व्यवस्थापन, उत्पादनकाे उचित मुल्य पाउन सक्ने अवस्था नहुँदा निरुत्साहित हुनु परिरहेको बताउनुभयो । बरालले टाठाबाठा र पहुँचवालाहरुले व्यवसायका नाममा अनुदान पाउने र वास्तविक उद्यमी, व्यवसायीले अनुदान र अन्य सहयाेग पाउने अवस्था नहुँदासम्म गाउँमा बसेर काम गर्न सक्ने र किसान तथा उद्यमीहरु उत्साहित हुन नसक्ने जानकारी गराउनुभयाे । उहाँले नेपालमा श्रमिकमैत्री नीति भएपनि श्रमिककाे हीत अनुकुल कार्यान्वयन हुन नसकेको जानकारी गराउनुभयाे ।

    कार्यक्रममा सराेकारवालाहरुले बैदेशिक राेजगारबाट फर्किएकाहरुलाई राेजगारी सृजना गर्दा कर छुट दिनुपर्ने, उद्यम सञ्चालनका विनाधिताे ऋण प्रवाहकाे व्यवस्थापन गरिनुपर्ने, अनुदान दिने पद्धतिलाई निरुत्साहित गरिनुपर्नेमा जाेड दिनुभयो ।

    पौरखी नेपाल वैदेशिक रोजगारमा गएर स्वदेश फर्किएका महिला श्रमिकहरु संगठित भएर गठन भएको संस्था हाे । बैदेशिक रोजगारमा संलग्न महिला श्रमिकहरुको अधिकार सुनिश्चित गर्न स्थापना गरेको याे संस्थाले आफ्नो स्थापना कालदेखि नै वैदेशिक रोजगारमा संलग्न भएका आप्रवासी महिला श्रमिक तथा तिनका परिवारको हक र हितका लागि सहयोग गर्दै आइरहेको जानकारी गराइएको छ ।

    आप्रवासी श्रमिकहरुको अधिकारलाई कानूनी तथा व्यवहारीक रुपमा सुनिश्चित गर्न हरेक वर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइँदै आएकाे छ।----


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend