Logo

बुधवार, कार्तिक १२ गते २०८३

केन्द्रीय समिति बैठकबाट नेताहरूको कार्यविभाजन गर्ने माओवादीको तयारी, नवप्रवेशीलाई प्राथमिकता

केन्द्रीय समिति बैठकबाट नेताहरूको कार्यविभाजन गर्ने माओवादीको तयारी, नवप्रवेशीलाई प्राथमिकता

  • समाचार
  • मंसिर २८, २०८१ शुक्रवार १८:४५ बजे
  • 481
    SHARES
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी केन्द्रीय समिति बैठकबाट नेताहरूको कार्यविभाजन गर्ने भएको छ । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले नेताहरूको उचित कार्यविभाजन गर्ने निर्णय गरेको हो ।

     

    पदाधिकारी तहकै नेताहरू जिम्मेवारी विहीन हुँदा संगठनको काम प्रभावकारी हुन नसकेको निष्कर्ष निकाल्दै यसबारे थप गृहकार्य गरेर आउने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएको सचिव गणेश साहले जानकारी दिए ।

     

    ‘केही नेतामाथि धेरै जिम्मेवारी छ । केही नेता काम नपाएर बस्नुपर्ने अवस्था छ । पदाधिकारीकै कुरा गर्दा उपाध्यक्ष, उपमहासचिव, सचिवहरूले नै जिम्मेवारी पाएका छैनन् । नाम मात्रको पदाधिकारी भएर बस्नुपर्ने अवस्था छ’, सचिव साहले रातोपाटीसँग भने, ‘आजको बैठकमा अध्यक्षले सबैलाई उचित जिम्मेवारी दिने भन्नुभएको छ । त्यसमा गृहकार्य गरेर आगामी स्थायी समिति बैठकमा पेस गर्नुभन्नु भएको छ । पुस २१ गते बस्ने केन्द्रीय समिति बैठकले कार्यविभाजन तोक्ला ।’

     

    २२ जना पदाधिकारी रहेको माओवादीमा केहीले मात्र जिम्मेवारी पाएका छन् । यसैगरी विभिन्न पार्टीबाट आएका नेताहरूलाई जिम्मेवारीमा विशेष प्राथमिकता दिने निर्णय भएको साहले बताए ।

     

    ‘विभिन्न पार्टीबाट आएका नेताहरू प्रवेश गरेका छन् । पार्टी एकताको कुरा पनि आएको छ । उनीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अब बस्ने बैठकमा छलफल हुन्छ’, उनले भने ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend