Logo

बुधवार, कार्तिक १२ गते २०८३

बीआरआई ऋणमा स्विकार्न सकिँदैन : प्रधानमन्त्री

बीआरआई ऋणमा स्विकार्न सकिँदैन : प्रधानमन्त्री

  • समाचार
  • मंसिर ६, २०८१ बिहिवार २३:०१ बजे
  • 634
    SHARES
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बीआरआई ऋण अन्तर्गत स्विकार्न नसकिने बताएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे ब्रिफिङ गर्दै चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) ऋणमा स्विकार्न नसकिने बताएका हुन् ।

    ‘चीन भ्रमण हुँदैछ । बीआरआईबारे पनि चर्चा भइरहेको छ । तपाईंहरुलाई पनि लाग्ला बीआरआई के हुन्छ ? तर हामी अहिले ऋणमा बीआरआई स्विकार्न सक्ने अवस्थामा छैनौँ’, प्रधानमन्त्री ओलीको ब्रिफिङ उद्धृत गर्दै एक मन्त्रीले भने– ‘अनुदानमा भए स्वीकार गर्न सकिन्छ ।’

    बैठकमा प्रधानमन्त्रीले आफ्नो चीन भ्रमणको तयारी र एजेन्डाबारे समय आएपछि छलफल गर्दै जाने बताएका थिए ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend