Logo

बुधवार, कार्तिक १२ गते २०८३

रोबोटले गर्‍यो रोबोटकै अपहरण

रोबोटले गर्‍यो रोबोटकै अपहरण

  • समाचार
  • मंसिर ३, २०८१ सोमवार १८:०० बजे
  • 508
    SHARES
  • बेइजिङ । दिनहुँ हामीले अपहरणका घटनाहरू सुनेका वा पढेका छौँ । तर चीनमा भने अनौठा घटना घटेको छ ।

    घटना शाङहाईमा रोबोटिक्स कम्पनीको शो रुममा अगष्टमा घटेको हो । तर यो भिडियो अहिले सार्वजनिक गरिएको छ । शोरुमको सर्भिलियन्स क्यामरामा कैद फुटेजमा रातिको समयमा साना रोबोटहरू बिस्तारै अगाडि गइरहेको देखिन्छ ।

    यसै क्रममा बाटामा ठुला रोबोटसँग उसको भेट हुन्छ । साना रोबोटले ठुलो रोबोटलाई ओभरटाइम गरिरहेको हो भनेर सोध्छ । ठुलो रोबोटले आफूले कहिले बिदा नपाउने कुरा भन्छ । घर जान लागेको हो भनेर सोधेपछि उसले आफ्नो घर छैन भन्ने जवाफ दिन्छ । त्यसपछि सानो रोबोटले मसँग घर आउँ भनेर बोलाउँछ । दुई ठुला रोबोट साना रोबोटलाई पछ्याउँछन् र शोरुमबाहिर निस्कन्छन् ।

    अर्को कम्पनीको रोबोटले आफ्नो रोबोट अपहरण गरेको शोरुमले भनेको छ । टिकटकको चिनियाँ संस्करण दोउयिनमा यो भिडियो भाइरल भइरहेको छ । केहीले यसलाई अद्भुत भनेका छन् । केहीले चाँहि यो कपोकल्पित हुन सक्ने आशंका गरेका छन् । रोबोट अपहरणमा परेको कम्पनीले भने यसलाई वास्तविक बताएको छ ।

    रोबोट निर्माता कम्पनी हाङचाउका एक प्रवक्ताले भिडियोमा देखाइएको सानो रोबोट आफ्नो मोडल भएको र अपहरण वास्तविक भएको भनेका थिए । यसको थप विवरण पछि सार्वजनिक गरिने भनिएको थियो । यो रोबोटले अन्य रोबोटको आन्तरिक सञ्चालन प्रोटोकल र अनुमतिमा पहुँच बनाउन सक्ने बताइएको छ । तर रोबोट आफैँले कुराकानी सुरु गरेर अरूलाई अपहरण गर्न चाँहि असम्भव भएको परीक्षणको रूपमा यसो गरिएको कम्पनीको भनाई थियो ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend