Logo

बुधवार, कार्तिक १२ गते २०८३

व्यवसायी मीनबहादुर गुरुङले दान गरेको जग्गामा एमालेको कार्यालय

व्यवसायी मीनबहादुर गुरुङले दान गरेको जग्गामा एमालेको कार्यालय

  • समाचार
  • आश्विन २५, २०८१ शुक्रवार १९:५० बजे
  • 580
    SHARES
  • काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँको कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरस्थित एमाले केन्द्रीय कार्यालय भवनको आज शिलान्यास गरेका छन् । भटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङ र सावित्री गुरुङबाट दान गरिएको १० रोपनी १४ आना जग्गामा उनले आज पार्टी भवनको शिलान्यास गरेका हुन् ।

    पार्टी महासचिव शंकर पोखरेलका अनुसार अत्याधुनिक पार्टी भवन बन्ने तथा भवनको लागत र विस्तृत पक्ष तर्जुमाको क्रममा रहेको छ । एमालेको हाल केन्द्रीय कार्यालय रहेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बाढीले क्षति पुर्‍याएपछि मैत्रीनगरमा नयाँ कार्यालय भवन बनाउन लागिएको हो ।

    पत्रकारको प्रश्नमा व्यवसायी गुरुङले आफूले अन्य पार्टीलाई पनि सहयोग गर्दै आएको तथा आफू पहिल्यैदेखि एमालेनिकट रहेकोले एमालेलाई सहयोग गर्न पाउनु एक अवसर भएको बताए । उक्त स्थानमा एक वर्षभित्र भवन बनाएर आउने घटस्थापनाका दिन हस्तान्तरण गर्ने गुरुङले जानकारी दिए ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend