Logo

मंगलवार, कार्तिक ११ गते २०८३

स्टार अस्पतालमा एनआइसियु सेवा सुरु

स्टार अस्पतालमा एनआइसियु सेवा सुरु

  • 1.0K
    SHARES
  • स्टार अस्पतालमा एनआइसियु सेवा सुरु

     

    सानेपास्थित् स्टार अस्पतालमा शिशु सघन स्याहार तथा उपचार कक्ष (एनआइसियु) सेवा सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले एनआइसियु कक्षको शुक्रबार उद्घाटन गरेका हुन् । मन्त्री त्रिपाठीले एनआइसियु जस्तो अति संवेदनशिल विभाग शुभारम्भ गरेकोमा शुभकामना दिदै बेड अभावमा उपचार नपाउने समस्या कमी हुने बताए ।

    कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा.शैल रुपाखेतीले आफ्नो अस्पतालको प्रयोगशाला ‘ख’ बर्गबाट ‘क’ बर्गमा स्तरोन्नती भएकोमा खुशी व्यक्त गर्दै अस्पतालको सेवा सुविधा विस्तार गर्दै लैजाने बताए ।

    १४ वर्षदेखि सञ्चालित यस अस्पतालले सेटेलाइट अस्पतालका रुपमा वागमती प्रदेशको नुवाकोट जिल्लामा पनि सेवा विस्तार गरेको छ भने आगामि दिनमा अन्य प्रदेशमा पनि सेवा सुरु गर्ने योजना रहेको डा. रुपाखेतीले जानकारी दिए ।

     


    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend