Logo

बुधवार, कार्तिक १२ गते २०८३

विष्णुमती नदीको जलसतह खतराको तह पार

विष्णुमती नदीको जलसतह खतराको तह पार

  • समाचार
  • भाद्र १८, २०८१ मंगलवार २१:१९ बजे
  • 748
    SHARES
  • काठमाडौँ । काठमाडौँको विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा जलसतह खतरा तह पार गरेको छ । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रको वर्षाका कारणले विष्णुमती नदीले जलसतह सतर्कता तहदेखि खतराको तह पार गरेको हो ।

    जलसतह खतरा तह पार गरेको र बढ्दो क्रममा रहेका जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागले विष्णुमती नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

     

    श्रोत: रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend