Logo

बुधवार, कार्तिक १२ गते २०८३

झण्डै १६ करोड ठग्ने सहकारीका उपाध्यक्षसहित पाँच जना पक्राउ

झण्डै १६ करोड ठग्ने सहकारीका उपाध्यक्षसहित पाँच जना पक्राउ

  • समाचार
  • भाद्र १६, २०८१ आइतवार २१:५४ बजे
  • 766
    SHARES
  • काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सहकारी ठगीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ ।

    आइतबार एभरट्रष्ट बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्षसहित पाँच जनालाई सीआईबीको टोली पक्राउ गरेको हो ।

    सीआईबीले सहकारीबाट झन्डै १६ करोड हिनामिना भएको जनाएको छ । पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष बविता डंगोल, सचिव कान्छाभाई डंगोल लगायत रहेको सीआईबीले जनाएको छ ।

    सीआईबीका अनुसार सञ्चालक समितिका पदाधिकारी र कर्मचारीहरू समेतको मिलेमतोमा बचतकर्ताले जम्मा गरेको १५ करोड,९१ लाख, चार हजार ७३६ रुपैयाँ अपचलन तथा हिनामिना गरेको पाइएको छ ।

     

     

    श्रोत: रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend