Logo

बुधवार, कार्तिक १२ गते २०८३

चीनतर्फ दुईवटा र भारततर्फ एउटा अध्यागमन कार्यालय स्थापना गरिँदै

चीनतर्फ दुईवटा र भारततर्फ एउटा अध्यागमन कार्यालय स्थापना गरिँदै

  • समाचार
  • भाद्र १४, २०८१ शुक्रवार १९:३७ बजे
  • 514
    SHARES
  • काठमाडौँ । गृह मन्त्रालयले नेपालबाट चीन तर्फको सिमानामा दुई वटा र भारततर्फ एउटा अध्यागमन कार्यालय खोल्ने भएको छ । चीनतर्फ टिंकर र कोरलामा तथा भारततर्फ बेलहियामा अध्यागमन स्थापना गर्न लागिएको गृहमन्त्री रमेश लेखकले बताए ।

    मानसरोवर र कैलाश जाने यात्रुलाई लक्षित गरेर उत्तरतर्फ र दक्षिणतर्फ बेलहियामा वर्तमान मन्त्रिपरिषद् गठन भएको १ सय दिनमा कार्यालय स्थापना गर्ने मन्त्री लेखकले बताए । उनले भने, ‘१ सय दिनभित्र टिंकर, कोरला र बेलहियामा कार्यालय स्थापना गर्ने भनेर स्थान पहिचान गरेका छौँ ।’

     

    श्रोत:रातोपाटी

     

     


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend