Logo

बुधवार, कार्तिक १२ गते २०८३

शिक्षित मूर्ख होइन, सज्जन र गुणवान् मान्छे उत्पादन गरौँ : प्रधानमन्त्री ओली

शिक्षित मूर्ख होइन, सज्जन र गुणवान् मान्छे उत्पादन गरौँ : प्रधानमन्त्री ओली

  • समाचार
  • भाद्र १०, २०८१ सोमवार २१:१९ बजे
  • 541
    SHARES
  • शिक्षित मूर्ख होइन, सज्जन र गुणवान् मान्छे उत्पादन गरौँ : प्रधानमन्त्री ओली

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षित मूर्ख नभई सज्जन र गुणवान् मान्छे उत्पादन गर्न विश्वविद्यालयहरुले काम गर्नुपर्ने बताएका छन् ।

    प्रधानमन्त्री निवास, बालुवाटारमा आइतबार आयोजित सुदूरपश्चिम विश्वविद्यालयको १२ औँ सभामा कुलपति ओलीले समाजमा बढेको गलत प्रवृत्तिलाई चिर्न सक्ने, राम्रो, विकसित, आधुनिक र शान्तिपूर्ण समाज निर्माणका लागि शिक्षाले योगदान गर्न सक्नुपर्ने बताएका हुन् ।

    उनले भने, ‘गुरुहरूले ऋषिमन र भावका साथ काम गर्नुपर्छ । त्यसो भएमा चेलाहरूले गुरुहरूलाई मान्छन् । विद्यार्थीलाई शिष्ट, नम्र र शालीन हुन सिकाउन सक्नुपर्छ नत्र समाज अनुकूल शिक्षा हासिल भएको मान्न सकिँदैन ।’

    प्रधानमन्त्री ओलीले सुदूरपश्चिम विश्वविद्यालयको स्थापनापूर्वको छलफलमा आफू सहभागी भएको उल्लेख गर्दै सुदूरपश्चिमको संस्कृति र पन झल्कने खालको शिक्षा दिन पनि पदाधिकारीलाई आग्रह गरे ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराई सहभागी सभामा उपकुलपति प्रा डा हेमराज पन्तले विश्वविद्यालयको समग्र अवस्था र रजिष्ट्रार प्रा यज्ञराज पाठकले कार्यक्रम तथा बजेटसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।

     

    श्रोत:रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend