Logo

बुधवार, कार्तिक १२ गते २०८३

अमेरिका पठाउँछु भनेर ५४ लाख ठगेको आरोपमा युवती पक्राउ

अमेरिका पठाउँछु भनेर ५४ लाख ठगेको आरोपमा युवती पक्राउ

  • समाचार
  • श्रावण २५, २०८१ शुक्रवार २३:४१ बजे
  • 565
    SHARES
  • काठमाडौँ । अमेरिका पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँची घर भएकी २१ वर्षीया लक्ष्मी माझी छन् ।

    अर्घाखाँचीको पाणीनी गाउँपालिका–७ घर भएर अहिले तारकेश्वर नगरपालिकामा बस्ने माझीले अमेरिका पठाउँछु भनेर ५४ लाख ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए ।

    अमेरिकामा मासिक २ लाख तलव हुने जागिर मिलाइदिन्छु भनेर पीडितहसँग रकम लिएर उनी फरार भएकी थिइन् । आरोपीलाई काठमाडौँको तारकेश्वरबाट पक्राउ गरिएको एसपी आचार्यले बताए । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

     

    श्रोत:रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend