Logo

बुधवार, कार्तिक १२ गते २०८३

नेपाल साहित्यकारहरूको गन्तव्य मुलुक हो : प्रधानमन्त्री

नेपाल साहित्यकारहरूको गन्तव्य मुलुक हो : प्रधानमन्त्री

  • समाचार
  • श्रावण १२, २०८१ शनिवार २०:४५ बजे
  • 694
    SHARES
  • काठमाडौँ । लेखक, कवि एवम् साहित्यकार नेत्र प्रसाद गौतमका तीनवटा कृतिहरू एकसाथ विमोचन गरिएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा साहित्यकार गौतमका ‘मेरो इतिवृति’, ‘नेत्रसरका तीन खण्डकाव्य’ र ‘भूत पिसाच’ नामक कृतिहरूको प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विमोचन गरे ।

    साहित्यकार गौतमका शनिबार सार्वजनिक गरिएका तीनवटै कृतिहरुभित्र ६ वटा विभिन्न विषयसँग सम्बन्धित विषयहरू उल्लेख गरिएका छन् ।

    विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल साहित्यकारहरूको गन्तव्य मुलुक भएको उल्लेख गर्दै राज्यले कला, संस्कृति र साहित्य क्षेत्रबाट समाज निर्माण गर्न लागि परेका व्यक्तिहरूलाई उचित सम्मान र संरक्षण गर्नुपर्ने बताए ।

    नेपालमा महाकवि लक्ष्मीप्रसाद देवकोटा र आदिकवि भानुभक्त आचार्य जस्ता साहित्यकार जन्मिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उहाँहरूको विरासत नयाँ पुस्ताका साहित्यकारहरूले सम्हाल्नुपर्ने बताए ।

    उनले भने, ‘समाज तथा राज्यले कला, संस्कृति र साहित्य क्षेत्रबाट योगदान दिने स्रष्टाहरूलाई उचित सम्मान र संरक्षण गर्नुपर्दछ ।’

    ‘हाम्रो देश साहित्यकारहरूको गन्तव्य मुलुक हो । भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौडेल र बालकृष्ण सम जस्ता साहित्यकारहरू र महाकवि लक्ष्मीप्रसाद देवकोटा जस्ता साहित्यकार जन्माउने देश हो । नेपालमा एक जनाले भन्नुभएको थियो । भारतका तीन जना साहित्यकार जोड्यो भने बल्ल लक्ष्मीप्रसाद जस्ता साहित्यकार जन्मन्छन् भनेर । अबको पुस्ताले उहाँको विरासत सम्हाल्नुपर्छ,’ उनले भने ।


    श्रोत: रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend