Logo

बुधवार, कार्तिक १२ गते २०८३

सबै राजनीति दलबिच संवाद र सहमतिबाट संविधान संशोधन हुन्छ : गृहमन्त्री लेखक

सबै राजनीति दलबिच संवाद र सहमतिबाट संविधान संशोधन हुन्छ : गृहमन्त्री लेखक

  • समाचार
  • श्रावण ६, २०८१ आइतवार २२:४९ बजे
  • 511
    SHARES
  • काठमाडौँ । गृहमन्त्री रमेश लेखकले देशमा क्रियाशील राजनीति दल बिचमा संवाद र सहमतिबाट संविधान संशोधन गरिने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सङ्घीय संसद् भवनमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

    साथै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढीकरण संविधान संशोधन गरिने उनको भनाइ थियो । नेपाली कांग्रेस र एमालेबिच सत्ता सहकार्यका लागि भएको सात बुँदे सहमतिमा पनि संविधान संशोधनको कुरा उल्लेख छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा उक्त सात बुँदे सहमति सार्वजनिक गरेका थिए । सरकारको विधेयक समितिका संयोजक समेत रहेका गृहमन्त्री लेखकले संविधानको अभ्यासका क्रममा देखिएका सबल र दुर्बल पक्षको समीक्षा गरी आवश्यक संशोधन र परिमार्जन गरिने बताए ।

     

     

    श्रोत:रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend