Logo

बुधवार, कार्तिक १२ गते २०८३

दुई हजार पाँच सयभन्दा बढी नेता कार्यकर्ता मन्त्रीलाई बधाई दिन सिंहदरबार पसे

दुई हजार पाँच सयभन्दा बढी नेता कार्यकर्ता मन्त्रीलाई बधाई दिन सिंहदरबार पसे

  • समाचार
  • श्रावण १, २०८१ मंगलवार २२:५७ बजे
  • 481
    SHARES
  • काठमाडौँ । नियमित प्रवेश गर्ने कर्मचारीबाहेक मंगलबार मन्त्रीहरूलाई बधाई तथा शुभकामना दिनका लागि पास लिएर सिंहदरबार जानेको सङ्ख्या करिब दुई हजार पाँच सयभन्दा बढी रहेको छ ।

    सार्वजनिक बिदाका दिनबाहेक अरू दिनमा दैनिक एक हजार चार सय व्यक्ति सिंहदरबार परिसर प्रवेश गर्ने गरेकामा मंगलबार दुई हजार पाँच सयभन्दा बढी व्यक्ति प्रवेश गरेको नेपाल प्रहरीको सिंहदरबारस्थित गणले जनाएको छ ।

    गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारीका अनुसार उक्त गणले शान्ति सुरक्षाको प्रयोजनका लागि मूल प्रवेशद्वारहरूमा आगन्तुक प्रवेश व्यवस्थित गर्दै आएको छ ।

     

    श्रोत: रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend