Logo

बुधवार, कार्तिक १२ गते २०८३

प्रधानमन्त्रीद्वारा ‘प्रकाश दाहाल स्मृति चौंथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ उद्घाटन

प्रधानमन्त्रीद्वारा ‘प्रकाश दाहाल स्मृति चौंथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ उद्घाटन

  • समाचार
  • आषाढ १८, २०८१ सोमवार २०:५९ बजे
  • 616
    SHARES
  • काठमाडौँ, १७ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ को आज यहाँ उद्घाटन गर्नुभएको छ ।

    प्रकाश दाहाल फाउन्डेसन र बक्सिङ महासङ्घको संयुक्त आयोजना आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरु भएको प्रतियोगितामा देशभरका २५० जनाको सहभागीता रहने आयोजकले जनाएको छ ।

    प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दिवङ्गत प्रकाश दाहालको जन्मजयन्तिको अवसर पारेर सुरु गरिएको प्रतियोगितामा युवाहरूको उपस्थितिले प्रकाश युवामाझ लोकप्रिय रहेको आफूले महसुस गरेको बताउनुभयो । उहाँले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै यस प्रतियोगिताले बक्सिङ खेलमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

    आजदेखि शुरु भएको यस प्रतियोगिता यही असार २१ गतेसम्म सञ्चालन हुनेछ ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend