Logo

मंगलवार, कार्तिक ११ गते २०८३

विचाराधीन अवस्थामै राखेको ह्यारी दम्पत्तिको मान पदवी खारेज भएको घोषणा

विचाराधीन अवस्थामै राखेको ह्यारी दम्पत्तिको मान पदवी खारेज भएको घोषणा

  • 583
    SHARES

    काठमाडौं । बेलायतका राजकुमार ह्यारी मान पदविमुक्त भएका छन् । दोस्रो सन्तानलाई जन्मदिने तयारीमा रहेकी उनकी श्रीमती मेघन मर्केलले राजदरबार फर्किन अस्वीकार गरेपछि ह्यारी र मेघनको पदवी गुमेको हो ।

    केही महिना अगाडि उनीहरुले नै मान पदवी त्यागेको घोषणा गर्दै अमेरिका बसाइ सरेपनि दरबारको तर्फबाट अहिलेसम्म कायमै राखिएको थियो । महारानी एलिजावेथ द्वितीयले उनीहरुको मान पदवी खारेज भएको घोषणा गरेको बीबीसीले जनाएको छ ।

    बेलायती राजदरबार बकिङघम दरबारले अहिलेसम्म विचाराधीन अवस्थामै राखेको उनीहरुको मान पदवी खारेज भएको घोषणा गरेपछि यसलाई बेलायती राजसंस्थाको इतिहासमा अविस्मरणीय घटनाको रूपमा लिइएको छ ।

    महारानी एलिजावेथ द्वितीयले ह्यारी दम्पत्तिसँग बेलायती राजपरिवारको अब राजनीतिक तथा सार्वजनिक सम्बन्ध नरहेको उल्लेख गरेको अधिकारीहरूले जनाएका छन् । राजपरिवारको सदस्यका रूपमा उनीहरूको अब कुनै जिम्मेवारी, दायित्व र अधिकार तथा भूमिका पनि नहुने दरबारले जनाएको छ ।

    गत वर्ष मार्चमा ह्यारी र मेघनले सामाजिक सञ्जालहरूमा पनि आफ्नो अन्तिम पोस्ट गर्दै बेलायती राज परिवारको वरिष्ठ सदस्यका रूपमा आफ्नो भूमिका छोड्ने घोषणा गरेका थिए । हलिउड अभिनेत्री मेघनसँगको प्रेम सम्बन्धलाई ह्यारीले वैवाहिक जीवनमा परिणत गरेपछि उनीहरुका अहिले एक छोरा छन् । एजेन्सी


    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend