Logo

बुधवार, कार्तिक १२ गते २०८३

सहकारी ठगीको मुद्दा पेचिलो बनेपछि कांग्रेसले बोलायो संसदीय दलको बैठक

सहकारी ठगीको मुद्दा पेचिलो बनेपछि कांग्रेसले बोलायो संसदीय दलको बैठक

  • समाचार
  • जेठ ३, २०८१ बिहिवार २२:०६ बजे
  • 514
    SHARES
  • काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दल र कार्यसमितिको बैठक बोलाएको छ । सहकारी ठगीमा छानबिन समिति गठनको विषय पेचिलो बनेपछि कांग्रेसले शुक्रबार बिहान साढे ८ बजे संसद् भवन परिसरमा बस्ने गरी दलको कार्यसमिति र ९ बजे दलको बैठक बोलाएको हो ।

    कांग्रेसको अवरोधका बिच बिहीबार सदनमा सभामुख उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि प्रतिनिधिसभा बैठकमा मुठभेडको स्थिति आएको थियो । त्यसपछि प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो । तर कांग्रेसले त्यसअघि नै दलको बैठक बसेर बिहीबार संसदमा सिर्जना भएको मुठभेडबारे समीक्षा गरेर आगामी रणनीति बनाउने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend