Logo

मंगलवार, कार्तिक ११ गते २०८३

होटल तथा रेष्टुरेन्टलाई कडा निर्देशन: गुणस्तरहीन खाना बेचे कारबाही हुने

होटल तथा रेष्टुरेन्टलाई कडा निर्देशन: गुणस्तरहीन खाना बेचे कारबाही हुने

  • समाचार
  • आश्विन २९, २०८३ बिहिवार १८:३७ बजे
  • 256
    SHARES
  • होटल तथा रेष्टुरेन्टलाई कडा निर्देशन: गुणस्तरहीन खाना बेचे कारबाही हुने

    २९ असोज, काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैँ, तिहार र छठलगायतका चाडपर्वमा राजमार्गका होटल तथा रेष्टुरेन्टहरूलाई खाद्य स्वच्छता कायम राख्न कडा निर्देशन दिएको छ।

    विभागले विहीबार एक जरुरी सूचना जारी गर्दै मापदण्ड उल्लङ्घन गर्ने व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिएको हो।

    चाडपर्वको समयमा राजमार्गमा आउजाउ गर्ने यात्रुलाई खाना तथा खाजा खुवाउने होटल, रेष्टुरेन्ट, मिठाई पसल, चमेना गृह, क्याटरिङ र भोजनालयहरूलाई लक्षित गर्दै विभागले तोकिएका नियमहरू अनिवार्य पालना गर्न सचेत गराएको छ।

    सूचनाअनुसार, मापदण्डको पालना नगरी खाना, खाजा एवं नास्ता उपलब्ध गराएको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुनेछ।

    यसका साथै, विभागले सबै खाद्य व्यवसायीलाई विभाग वा मातहतका कार्यालयबाट आफ्नो व्यवसायको खाद्य स्वच्छताको आधारमा स्तरीकरण गराई अनिवार्य रूपमा खाद्य स्वच्छता लोगो लिएर मात्र व्यवसाय सञ्चालन गर्नसमेत निर्देशन दिएको छ।

     

    Source: RSS


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend