Logo

मंगलवार, कार्तिक ११ गते २०८३

५२ नागरिकता र ४३ सिमकार्डसहित हेटौँडाबाट तीन युवा पक्राउ

५२ नागरिकता र ४३ सिमकार्डसहित हेटौँडाबाट तीन युवा पक्राउ

  • समाचार
  • आश्विन २४, २०८३ शनिवार २०:१९ बजे
  • 337
    SHARES
  • ५२ नागरिकता र ४३ सिमकार्डसहित हेटौँडाबाट तीन युवा पक्राउ

    रौतहट । ठगीसम्बन्धी कसुरमा संलग्न रहेको आशंकामा मकवानपुर प्रहरीले हेटौँडाबाट रौतहटका तीन युवालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरूमा रौतहटको कटहरिया नगरपालिका–८ का १९ वर्षीय अजय कुमार यादव, सोही स्थानका १९ वर्षीय पवन कुमार दास र बौधिमाईनगरपालिका–६ का २१ वर्षीय रोशन राय यादव रहेका छन्।

    विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले असोज २२ गते हेटौँडा उपमहानगरपालिका–५, सानोपोखरास्थित रामबहादुर पोखरेलको घरमा खानतलासी गरेको थियो। सो क्रममा डेरा गरी बस्दै आएका ती युवाहरूको साथबाट विभिन्न व्यक्तिका नाममा रहेका ५२ थान नागरिकताको प्रतिलिपि, ४३ थान सिमकार्ड र ४ थान चेकबुक बरामद गरिएको छ। बरामद सिमकार्डमध्ये एनसेलका २२ थान प्रयोग भइसकेका र २१ थान सिलप्याक अवस्थामा रहेका छन्।

    पक्राउ परेका युवाहरूले बरामद नागरिकताको प्रतिलिपि, सिमकार्ड र चेकबुकको प्रयोग तथा प्राप्तिको स्रोत खुलाउन नसकेको मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिए। उनीहरूलाई नियन्त्रणमा लिएर ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

    Source : Ratopati


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend