Logo

मंगलवार, कार्तिक ११ गते २०८३

मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण

मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण

  • समाचार
  • आश्विन १८, २०८३ आइतवार २२:०१ बजे
  • 370
    SHARES
  • मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण

    काठमाडौँ, १८ असोजः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी सब–स्टेसनको निरीक्षण गर्नुभएको छ ।

    श्रेष्ठको निजी सचिवालयका अनुसार सबस्टेसनमा निर्माणाधीन हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनका दुई वटा ‘मल्टिसर्किट टावर’ बारे उहाँले जानकारी लिनुभएको छ ।

    मन्त्री श्रेष्ठले देशको ऊर्जा मेरुदण्डको रूपमा रहेको टावरको काम समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको छ ।

    यो प्रसारण लाइन निर्माण १२ वर्षअघि प्रारम्भ भए पनि विविध कारणले काम अवरुद्ध भएको थियो ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend