Logo

मंगलवार, कार्तिक ११ गते २०८३

प्रतिनिधिसभाः तीन विधेयक दफाबार छलफलका लागि समितिमा पठाइयो

प्रतिनिधिसभाः तीन विधेयक दफाबार छलफलका लागि समितिमा पठाइयो

  • समाचार
  • आश्विन १५, २०८३ बिहिवार २२:१० बजे
  • 301
    SHARES
  • प्रतिनिधिसभाः तीन विधेयक दफाबार छलफलका लागि समितिमा पठाइयो

    काठमाडौँ, १५ असोजः प्रतिनिधिसभाले आर्थिक विषयसँग सम्बन्धित तीन विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।

    सभाको आजको बैठकले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’, ‘भुक्तानी तथा फछ्र्याैट (पहिलो संशोधन) विधेयक, २०८३ र ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पारित गरेको हो ।

    अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ती विधेयक सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्नुभयो ।

    बैठकमा पूर्वसांसद घनेन्द्र बस्नेतको यही असोज १४ गते निधन भएकामा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरिएको छ ।

    प्रतिनिधिसभाको अर्को बैठक यही असोज १६ गते शुक्रबार बिहान ११ः०० बजे बस्नेछ ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend