Logo

मंगलवार, कार्तिक ११ गते २०८३

रोजगारी र आकर्षक सुविधाको प्रलोभन देखाएर ठगी गर्ने महिला पक्राउ

रोजगारी र आकर्षक सुविधाको प्रलोभन देखाएर ठगी गर्ने महिला पक्राउ

  • समाचार
  • भाद्र ११, २०८३ बिहिवार २०:१५ बजे
  • 394
    SHARES
  • रोजगारी र आकर्षक सुविधाको प्रलोभन देखाएर ठगी गर्ने महिला पक्राउ

    काठमाडौँ। काठमाडौँ महानगरपालिका–३१ स्थित ठुलो खरिबोटमा ४३ वर्षीया सङ्गीता आचार्यले सञ्चालन गरेको ‘विजडम हब इन्टरनेसनल प्रालि’ मार्फत ठगी भएको फेला परेको छ।

    सुनसरीको धरान उपमहानगरपालिका-१६ स्थायी घर भई हाल काठमाडौँमा घर भाडामा लिई उनले सो कम्पनी सञ्चालन गर्दै आएकी थिइन्। सङ्गीताले स्याम्पु, साबुन, एलोभेरा एक्सट्रयाक्ट तथा हिमाली सिस्नु पाउडर जस्ता विभिन्न वस्तुहरू उत्पादन गरी अत्यधिक मूल्यमा बिक्री वितरण गर्दै आएकी थिइन्।

    उनले मानिसहरूलाई रोजगारीको सुवर्ण अवसर र आकर्षक तलबकाे आश्वासन देखाउने गरेकी थिइन्। सर्वसाधारणलाई अग्रिम ठुलो रकम जम्मा गर्न लगाई, नेटवर्क बनाएर झुक्यानमा पारी ठगी गरेर उनी फरार रहेकी थिइन्। प्रहरीले बिहीबार दिउँसोको समयमा सङ्गीतालाई पक्राउ गर्न सफल भएको छ।

    ठगीसम्बन्धी कसूर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर जिल्ला प्रहरी परिसर काठमाडौँले यस घटनाबारे थप अनुसन्धान गरिरहेको छ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend