Logo

मंगलवार, कार्तिक ११ गते २०८३

प्रहरी हिरासतमा सीसीटीभी जडान गर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश, मुद्दालाई अग्राधिकार

प्रहरी हिरासतमा सीसीटीभी जडान गर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश, मुद्दालाई अग्राधिकार

  • समाचार
  • श्रावण २९, २०८३ शुक्रवार १९:४१ बजे
  • 349
    SHARES
  • प्रहरी हिरासतमा सीसीटीभी जडान गर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश, मुद्दालाई अग्राधिकार

    काठमाडौँ । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षहरूमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गर्न माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले सरकारका नाममा 'कारण देखाऊ आदेश' जारी गरेको छ ।

    न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । साथै, विषयको गम्भीरतालाई ध्यानमा राख्दै अदालतले यस मुद्दालाई 'अग्राधिकार' (प्राथमिकता) मा राखेर सुनुवाइ गर्न समेत आदेश दिएको छ ।

    कानुनका विद्यार्थी विवेक चौधरीसहितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई उक्त रिट दायर गरेका थिए । निवेदकले नेपालभरका प्रहरी कार्यालय, हिरासत कक्ष र अनुसन्धान गर्ने अधिकारी रहने सरकारी निकायका भवनहरूमा कुनै पनि भाग नछुट्ने गरी सीसीटीभी जडान गर्न माग गरेका छन् ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend