Logo

मंगलवार, कार्तिक ११ गते २०८३

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका उम्मेदवारको अन्तर्वार्ता तालिका सार्वजनिक

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका उम्मेदवारको अन्तर्वार्ता तालिका सार्वजनिक

  • समाचार
  • श्रावण १८, २०८३ सोमवार १९:५१ बजे
  • 433
    SHARES
  • स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका उम्मेदवारको अन्तर्वार्ता तालिका सार्वजनिक

    काठमाडौँ। स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका उम्मेदवारहरूको व्यावसायिक तथा आर्थिक कार्ययोजना प्रस्तुत गर्ने र अन्तर्वार्ता लिने तालिका सार्वजनिक भएको छ।

    गत असार ३१ गते प्रकाशित सूचना अनुसार साउन ८ गते स्वीकृत भएका उम्मेदवारहरूको अनुभव, व्यावसायिक एवं आर्थिक कार्ययोजनाको मूल्याङ्कनका आधारमा बोर्डले १० जना उम्मेदवारलाई सर्टलिस्टमा समावेश गरेको हो।

    सर्टलिस्टमा परेका उम्मेदवारहरूमा उत्तम कुमार कोइराला, गंग प्रसाद जोशी, डा. प्रमोद कुमार यादव, डा. मुक्तिनाथ खनाल, डा. राजेन्द्र कुमार पोख्रेल, डा. होमनाथ गैरे, पारस अधिकारी, बिमला भट्ट, बुद्ध काजी श्रेष्ठ र राजेन्द्र श्रेष्ठ रहेका छन्।

    प्राप्त विवरण अनुसार उम्मेदवारहरूको व्यावसायिक तथा आर्थिक कार्ययोजना प्रस्तुतीकरण आउँदो साउन २५ गते र अन्तर्वार्ता साउन २६ गते फरक(फरक समय समूहमा लोक सेवा आयोग, केन्द्रीय कार्यालय कमलपोखरीमा सञ्चालन हुनेछ। उम्मेदवारहरूलाई आवेदन साथ पेस गरिएका सम्पूर्ण कागजातका सक्कल प्रतिसहित निर्धारण गरिएको समयभन्दा कम्तीमा एक घण्टा अगावै उपस्थित हुन सूचित गरिएको छ।

     

    साथै, प्रस्तुतीकरण र अन्तर्वार्ताको दिन सार्वजनिक बिदा पर्न गएतापनि तय भएको कार्यक्रम यथावत् सञ्चालन हुने बोर्डले जनाएको छ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend