Logo

मंगलवार, कार्तिक ११ गते २०८३

१० विद्यार्थी सङ्गठनले मागे गृहमन्त्रीको राजीनामा

१० विद्यार्थी सङ्गठनले मागे गृहमन्त्रीको राजीनामा

  • समाचार
  • श्रावण १४, २०८३ बिहिवार २०:३३ बजे
  • 478
    SHARES
  • १० विद्यार्थी सङ्गठनले मागे गृहमन्त्रीको राजीनामा

    काठमाडौँ । सुनसरी, सिराहा लगायत पूर्वी तराईका जिल्लाहरूमा हालै भएका हिंसात्मक घटनाप्रति १० वटा विद्यार्थी सङ्गठनले गहिरो दुःख व्यक्त गर्दै गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेका छन्।

    बिहीबार संयुक्त प्रेस वक्तव्यमार्फत विद्यार्थी सङ्गठनहरूले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ र प्रभावकारी उपचारको माग गरेका छन्।

    घटनाको प्रारम्भिक चरणमा सरकार र प्रशासनको गम्भीर लापरबाहीका कारण परिस्थिति थप जटिल र संवेदनशील बनेको ठहर गर्दै सङ्गठनहरूले सुरक्षा व्यवस्थापन र सेना परिचालनका गतिविधिले तनाव थपेको बताएका छन्।

    देश गम्भीर सङ्कटमा रहेका बेला प्रभावकारी नेतृत्व दिन असफल भएको भन्दै गृहमन्त्रीले घटनाको नैतिक जिम्मेवारी लिएर तत्काल पदबाट राजीनामा दिनुपर्ने उनीहरूको माग छ।

    यसैबिच धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल गर्दै संयुक्त विद्यार्थी सङ्गठनले काठमाडौँमा ऐक्यबद्धता र्‍यालीको घोषणा गरेको छ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend