Logo

मंगलवार, कार्तिक ११ गते २०८३

कृषि उपजको दैनिक थोक मूल्यसम्बन्धी जानकारी दिने मोबाइल एपको सुरुवात

कृषि उपजको दैनिक थोक मूल्यसम्बन्धी जानकारी दिने मोबाइल एपको सुरुवात

  • समाचार
  • श्रावण १२, २०८३ मंगलवार २०:१७ बजे
  • 340
    SHARES
  • कृषि उपजको दैनिक थोक मूल्यसम्बन्धी जानकारी दिने मोबाइल एपको सुरुवात

    काठमाडौँ । नेपाल सरकारले विभिन्न १२ वटा सङ्घीय कृषि बजारहरुमा कारोबार हुने कृषि उपजहरुको दैनिक थोक मूल्यसम्बन्धी विवरण प्रवाह हुने मोबाइल एप आजदेखि सुरुआत गरेको छ ।

    मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत ‘कृषि उपजको बजार सुनिश्चित गर्न राष्ट्रिय कृषि बजार सूचना प्रणाली सञ्चालन गर्ने तथा एसएमएस÷डिजिटल माध्यमबाट दैनिक मूल्य जानकारी कृषकसम्म पुर्याउने’ कार्यान्वयनका सन्दर्भमा सो एप सुरुआत गरिएको हो ।

    यस निर्णयानुसार कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिसहित अन्य सुनसरी, झापा, धनुषा, सर्लाही, सिन्धुली, कास्की, नवलपरासी, रुपन्देही, बाँके, सुर्खेत, कैलालीका सङ्घीय कृषि उपज बजारहरुमा कारोबार हुने कृषि उपजहरुको दैनिक थोक मूल्यको विवरण ‘एएमपिआइएस नेपाल’ एप्लिकेशनमार्फत प्रवाह हुनेछ ।

    उक्त मोबाइल एप्लिकेसन कृषि, वन तथा पर्यावरण मन्त्रालयको कृषि विभागको वेवसाइटमा राखिएको क्यूआर स्क्यान गरेर पनि प्रयोगमा ल्याउन सकिन्छ ।

    यस एप्लिकेसनको प्रयोगबाट ल्लिखित कृषि बजारहरुमा दैनिक कारोबार हुने कृषि उपजको थोक मूल्यको न्यूनतम, अधिकतम र औषत मूल्य, बजार अनुसार मूल्यको तुलना, कृषि उपजको मूल्य प्रवृति र कृषि मौसमी सल्लाह बुलेटिन सम्वन्धि विवरण समेतको वारेमा जानकारी प्राप्त गर्न सकिन्छ ।

    कृषिमन्त्री चौधरीले कृषकलाई बिचौलियामा निर्भर हुन नपर्ने, बजारको वास्तविक मूल्य सहज रूपमा प्राप्त हुने तथा डिजिटल प्रविधिमार्फत कृषि बजारलाई थप पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउने सरकारको लक्ष्यअनुसार एप सञ्चालनमा ल्याइएको बताइन् ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend