Logo

मंगलवार, कार्तिक ११ गते २०८३

मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने

मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने

  • समाचार
  • श्रावण ४, २०८३ सोमवार २०:०० बजे
  • 319
    SHARES
  • मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने

    काठमाडौँ, ४ साउनः मुख्यसचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा आज बसेको सचिवस्तरीय बैठकले मनसुनजन्य विपद् व्यवस्थापनको तयारी अवस्थामा रहने निर्णय गरेको छ । मनसुनजन्य विपद् वा महामारी जस्ता सङ्कटको प्रभावकारी व्यवस्थापन गर्न सबै सरकारी निकाय तथा सुरक्षा संयन्त्र तयारी अवस्थामा रहने बैठकले निर्णय गरेको हो ।

    “विपद्को समयमा जनशक्ति, बजेट, राहत सामग्री र प्राविधिक सहयोगको परिचालन तहगत इकाइहरूबीच समन्वयात्मक रूपमा गरिने छ”, निर्णयमा भनिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि देशका विभिन्न स्थानमा भारी वर्षा, बाढीपहिरो र डुबानको जोखिम हुनसक्ने भएको सोको न्यूनीकरण गर्न विपद् प्रतिकार्य तथा पूर्वतयारीलाई तीव्र बनाइएको जनाएको छ ।

    मनसुनको अवधिमा देशको विभिन्न स्थानमा वर्षा भइरहँदा सम्भावित बाढीपहिरो, डुबानलगायत मनसुनजन्य विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउन प्राधिकरणले समन्वयलाई थप तीव्र बनाएको जानकारी दिएको छ । प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले पनि मनसुनजन्य विपद्को प्रभाव न्यूनीकरणका लागि सम्बन्धित सबै सरोकार भएका निकायबीच समन्वयलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेको बताउनुभयो ।


    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend