Logo

मंगलवार, कार्तिक ११ गते २०८३

बैतडी प्रशासनको नयाँ व्यवस्थाः एक घण्टामै सेवा

बैतडी प्रशासनको नयाँ व्यवस्थाः एक घण्टामै सेवा

  • समाचार
  • आषाढ ३१, २०८३ बुधवार १९:१२ बजे
  • 286
    SHARES
  • बैतडी प्रशासनको नयाँ व्यवस्थाः एक घण्टामै सेवा

    दशरथचन्द (बैतडी), ३१ असारः जिल्ला प्रशासन कार्यालयले कार्यालयमा प्रवेश गरेको एक घण्टाभित्रै सेवा प्रदान गर्ने व्यवस्था लागू गर्ने भएको छ । यसका लागि कार्यालयले साउन १ गतेदेखि ‘वन आवर सर्भिस’ सुरु गर्न लागेको हो ।

    प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईका अनुसार आवश्यक कागजात पूरा भएका सेवाग्राहीलाई नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका सेवा कार्यालयमा प्रवेश गरेको एक घण्टाभित्रै उपलब्ध गराइनेछ ।

    सेवा प्रवाहलाई छिटो, सहज, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले ‘वन आवर सर्भिस’ लागू गर्न लागिएको उहाँले बताउनुभयो । सेवाग्राहीलाई एक घण्टाभित्रै सेवा उपलब्ध गराउने सुनिश्चितता गरिएको पनि प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो ।

    जिल्ला प्रशासन कार्यालयका अनुसार साउन १ गते ‘वन आवर सर्भिस’को औपचारिक घोषणा गरिनेछ । यसबाट सेवाग्राहीले प्रशासनिक सेवा लिन लामो समय प्रतीक्षा गर्नुपर्ने छैन ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend