Logo

बुधवार, कार्तिक १२ गते २०८३

गण्डकीमा मिडिया समिट

गण्डकीमा मिडिया समिट

  • समाचार
  • आषाढ १९, २०८३ शुक्रवार १९:१८ बजे
  • 319
    SHARES
  • गण्डकीमा मिडिया समिट

    गण्डकी, १९ असार : ‘स्वच्छ प्रेस, समुन्नत गण्डकी प्रदेश’ भन्ने आदर्श वाक्यसहित पोखरामा शनिबार ‘गण्डकी मिडिया समिट’ आयोजना हुने भएको छ । प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी आयोजक रहेको समिटमा नेपाली सञ्चार जगतका समसामयिक चुनौती र अवसरबारे बहस हुने जनाइएको छ ।

    गण्डकी प्रदेशको आमसञ्चार क्षेत्रलाई थप मर्यादित, प्रविधिमैत्री र उत्तरदायी बनाउन मिडिया समिट आयोजना गरिएको प्रेस रजिष्ट्रार विमला भण्डारीले बताउनुभयो । कार्यक्रममा मिडिया अर्थतन्त्र, पत्रकारितामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायत विषयमा विज्ञ समूहरुबीच छलफल हुने उहाँको भनाइ छ ।

    सोही अवसरमा अग्रज पत्रकार सम्मान तथा अनुभव अभिलेखीकरण कार्यक्रमसमेत हुने जनाइएको छ । कार्यक्रममा ‘हाम्रो समयको पत्रकारिता’ पुस्तक विमोचन हुने प्रेस रजिष्ट्रार भण्डारीले बताउनुभयो । मिडिया समिटमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका पत्रकार, मिडिया उद्यमीलगायतको सहभागिता रहने उहाँको भनाइ छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend