Logo

बुधवार, कार्तिक १२ गते २०८३

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

  • समाचार
  • आषाढ २, २०८३ मंगलवार १९:३२ बजे
  • 280
    SHARES
  • जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

    काठमाडौँ, २ असारः देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु पाँच अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ बराबर राजस्व सङ्कलन गरेका छन् ।

    भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका १३८ भूमि प्रशासन कार्यालयले सेवाकरबाट रु २८ करोड ६६ लाख ३२ हजार ५६० सङ्कलन गरेको छ ।

    यस्तै, रजिष्ट्रेसन दस्तुरबाट रु दुई अर्ब ७८ करोड ५१ लाख १६ हजार २२६, पुँजीगत लाभकरबाट रु दुई अर्ब १२ करोड ३१ लाख ४२ हजार ६४४ सङ्कलन गरेको छ ।

    विभागका अनुसार भूमि प्रशासन कार्यालय डिल्लीबजारले रु ३४ करोड ४४ हजार, टोखाले रु १० करोड ९९ लाख २३ हजार, चाबहिलले रु ३१ करोड ४२ लाख १९ हजार बराबरको राजस्व सङ्कलन गरेको छ ।

    विभागका अनुसार गत वैशाख महिनामा देशभरका मालपोत कार्यालयहरूले कुल रु छ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ बराबरको राजस्व सङ्कलन गरेका थिए ।

    यस्तै, गत चैतमा कुल रु छ अर्ब १६ करोड ५७ लाख ५० हजार ११७ राजस्व सङ्कलन गरेका थिए । त्यस्तै, गत फागुनमा रु चार अर्ब १४ करोड ९५ लाख ४८ हजार ९३२ र गत माघमा भने रु पाँच अर्ब ९९ लाख २४ हजार ५३६ बराबरको राजस्व सङ्कलन भएको थियो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend