Logo

बुधवार, कार्तिक १२ गते २०८३

स्वर्गीय पत्रकार आचार्य स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना

स्वर्गीय पत्रकार आचार्य स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना

  • समाचार
  • आषाढ १, २०८३ सोमवार ०७:१७ बजे
  • 502
    SHARES
  • स्वर्गीय पत्रकार आचार्य स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना

    मान्म (कालीकोट), १ असारः स्वर्गीय. पत्रकार वीरेन्द्रप्रसाद आचार्यको स्मृतिमा ‘वीरेन्द्र आचार्य स्मृति पत्रकारिता पुरस्कार’ स्थापना हुने भएको छ । आइतबार भएको नेपाल पत्रकार महासङ्घ कालीकोट शाखाको १६औँ वार्षिक साधारणसभा स्वर्गीय पत्रकार आचार्यको स्मृतिमा पत्रकारिता पु्रुस्कारको स्थापना गर्ने निर्णय गरेको हो ।

    आचार्यले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै शाखाका सदस्य स्वर्गीय आचार्यको स्मृतिमा ‘वीरेन्द्र आचार्य स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय भएको नेपाल पत्रकार महासङ्घ कालीकोटका अध्यक्ष भरतराज विष्टले बताउनुभयो । “स्वर्गीय पत्रकार आचार्यको स्मृतिमा पत्रकारिता पुरुस्कारको स्थापना गरिएको छ”, उहाँले भन्नुभयो, “उहाँको स्मृतिमा प्रत्येक वर्ष पत्रकारिता क्षेत्रमा लागेका एक जना पत्रकारलाई सम्मान गरिनेछ ।”

    पत्रकार आचार्यको गत मङ्सिर १२ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भुरेलीमा सवारी दुर्घटनामा निधन भएको थियो । आचार्य कालीकोटको खाडाँचक्र नगरपालिका–३ ताडीमा रहेको रेडियो तिला आवाजका सञ्चालक तथा प्रेस सेन्टर कालीकोटका अध्यक्ष हुनुहुन्थ्यो ।

    त्यस्तै, साधारणसभाले साङ्गठनिक तथा आर्थिक सुदृढीकरणका लागि महत्त्वपूर्ण निर्णयहरू सर्वसम्मत रूपमा पारित गरेको अध्यक्ष विष्टले जानकारी दिनुभयो । महासङ्घ शाखा कालीकोटमा हाल रहेका साधारण सदस्यहरूमध्ये निस्क्रिय रहेका सदस्यहरूको अवस्था सुधार गर्दै सदस्यता सुदृढीकरण गर्ने निर्णय भएको उहाँको भनाइ छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend