Logo

बुधवार, कार्तिक १२ गते २०८३

खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न

खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न

  • समाचार
  • जेठ २५, २०८३ सोमवार ०७:३३ बजे
  • 226
    SHARES
  • खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न

    महेन्द्रनगर (कञ्चनपुर), २५ जेठः कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेटीमा आइतबार आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीय नागरिक लाभान्वित भएका छन् ।

    महेन्द्रनगरस्थित महाकाली बहुप्राविधिक शिक्षालयले आयोजना गरेको शिविरबाट भीमदत्त नगरपालिकाको विकट बस्ती खल्ला मसेटीमा औषधिसहितको स्वास्थ्य सेवाबाट स्थानीय ९३ जना लाभान्वित भएको शिक्षालयका निर्देशक प्रमल साउदले जानकारी दिनुभयो ।

    “सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यअनुरुप हामीले रु एक लाखको औषधिसहितको निःशुल्क स्वास्थ्य शिविरमा चिकित्सकसहितको सेवा प्रदान गरेका हौँ”, निर्देशक साउदले भन्नुभयो, “प्राविधिक शिक्षासँगै शिक्षालयले कञ्चनपुरमा विभिन्न सामाजिक क्षेत्रमा पनि सक्रिय सहभागिता जनाउँदै आएको छ ।”

    त्यसैगरी स्वास्थ्य शिविरमा महिला ५४ र पुरुष ३९ जनाले सेवा लिएको चिकित्सक डा गोविन्द रोकायाले जानकारी दिनुभयो । उहाँले छाला, पेट, दम, मधुमेहलगायतका बिरामीले सेवा लिएका बताउनुभयो । त्यसका साथै शिविरमा १७ महिला र २१ पुरुषले प्रयोगशाला सेवासमेत लिएका थिए ।

    स्वास्थ्य शिविर उद्घाटनमा भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटी, शिक्षालयका निर्देशक साउद, महाकाली प्रादेशिक अस्पतालका डा अर्जुन भट्टलगायतको सहभागिता थियो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend