Logo

बुधवार, कार्तिक १२ गते २०८३

ट्राफिक कारबाहीमा पाँच लाख एकचालिस हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीमा पाँच लाख एकचालिस हजार राजस्व सङ्कलन

  • समाचार
  • जेठ १७, २०८३ आइतवार ०८:५४ बजे
  • 559
    SHARES
  • ट्राफिक कारबाहीमा पाँच लाख एकचालिस हजार राजस्व सङ्कलन

    काठमाडौँ, १७ जेठः बितेका २४ घण्टामा एक हजार ९९४ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख ४१ हजार ५०२ राजस्व दाखिला भएको छ ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १२७, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १४२, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १०३ जनालाई कारबाही गरिएको हो ।

    यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १५८, निषेधित क्षेत्रमा हर्न बजाउने १३०, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १२८, एकतर्फी सडकमा सवारी चलाउने ९५ र अन्य सवारी नियम पालना नगरेका ९६२ जनालाई कारबाही गरिएको हो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend